Friday, April 17, 2026

लैङ्गिक हिंसा केस व्यवस्थापन सम्बन्धी तीन दिने तालिम सम्पन्न

ताजा / भरखरै प्राप्त

सर्लाही–रौतहटको चन्द्रपुरमा तीन दिने प्रदेश स्तरीय लैङ्गिक हिंसा(GBV) केस व्यवस्थापन तालिम सम्पन्न भएको छ । 

कोरिया अन्तराष्ट्रिय सहयोग संस्था(KOICA) तथा युएनएफपिएको आर्थिक तथा प्राविधिक सहयोग र गुड नेवर्स इन्टरनेशनले नेपाल तथा ग्रामीण विकास केन्द्र नेपालको साझेदारीमा सञ्चालन भएको तीन दिने तालिम आइतबार सम्पन्न गरिएको हो । तालिममा सहभागिहरुलाई प्रविधि–माध्यमित लैङ्गिक हिंसा(TFGBV)प्रविधि–माध्यमित बालविवाह (TFCM) सम्बन्धी अभिमुखीकरण समेत प्रदान गरिएको आयोजक ग्रामीण विकास नेपालका नेपालकी संचालक समिति सदस्य नर्मदा तामाङले जानकारी दिइन् । 

तालिम तथा अन्तरकृया गत चैत २७ गतेबाट चन्द्रपुर नगरपालिका–४, आरोही होटलको सभाहलमा संचालन भएको थियो । संस्थाले किशोरी तथा युवतीहरुको लागि सुरक्षित एवं सहयोगी वातावरण (SAFE Girls) परियोजना संचालन गरेको सर्लाही र रौतहटका गरी ८ वटा पालिकाबाट महिला अधिकारकर्मी, सेफ हाउसका प्रतिनिधि, ओसीएमसीका प्रतिनिधि स्वास्थ्य संस्थाका कर्मचारी सञ्चारकर्मी, सुरक्षाकर्मी लगाएको सहभागिता रहेको गुड नेवर्स इन्टरनेशनल नेपालका मधेश प्रदेश संयोजक संजीव कुमारले बताए ।

प्रशिक्षकहरू पलिता थापा, कमल तारा बज्रचार्य, नवराज सिलवाल लगायतले सहभागीहरूलाई लैङ्गिक हिंसामा परेका प्रभावितहरूको केस व्यवस्थापन सम्बन्धी तालिम तथा अन्तरकृया गराएका थिए । तालिमले प्रभावित समुहको व्यवस्थापन, उनीहरूको समस्या व्यवस्थापन सहित उनीहरूले पाउनु पर्ने कानुनी उपचारमा गर्न सकिने सहजिकरणको विषयमा घनिभूत छलफल भएको सहभागीहरूको प्रतिकृया थियो ।

संस्थाले सर्लाहीको कौडेना गाउँपालिका, बसवरिया गाउँपालिका र हरिपुर्वा नगरपालिका तथा रौतहटको गौर नगरपालिका, परोहा नगरपालिका, राजपुर नगरपालिका, देवाही गोनाही नगरपालिका र यमुनालाई नगरपालिकामा किशोरी तथा युवतीहरूको लागि सुरक्षित एवं सहयोगी वातावरण (SAFE Girls) परियोजना संचालन गरिरहेको जनाएको छ । 

सर्लाहीबाट कार्यक्रममा सहभागि सेफ हाउस प्रतिनिधि तथा महिला अधिकारकर्मी बनिता कार्कीले प्रभावितको उद्धार तथा न्यायको पहलका क्रममा भोगेका भोगाइहरु समेत साझा गरिन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles