Tuesday, May 26, 2026

बरहथवाबाट भरुव बन्दुक सहित एक जना पक्राउ

ताजा / भरखरै प्राप्त

सरिता सापकाेटा, बरहथवा–सर्लाही प्रहरीले बरहथवाबाट एक जनालाई भरुवा बन्दुक सहित पक्राउ गरेको छ ।

सोमबार बिहान बरहथवा नगरपालिका–१२, स्थित लौकट टोलमा भरुवा बन्दुक लगाएतका सामाग्री सहित बागमती नगरपालिका–२, सुकुम्वासी बस्ती बस्ने गोपी घलानका अन्दाजी ३८ वर्षका छोरा बुद्धिमान घलानलाई प्रहरीले पक्राउ गरेको हो । तीन÷चार जनाको समुहमा अपरिचित मानिसहरु हातहतियार सहित घमिरहेको सूचना पछि ईलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी टोली घटनास्थल मा पुुगेको थियो ।

प्रहरी टोलीलाई देखे पछि अन्य ब्यक्तिहरु भने फरार भएका छन् । उनीहरुको समेत खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । पक्राउ परेका घलानको साथबाट प्रहरीले एक थान भरुवा बन्दुक, बन्दुकमा लाग्ने फलामे रड एक थान, प्लष्टिकको डब्बामा बोकेको कालो धुलो पदार्थ ३५ ग्राम, साइकलमा प्रयोगहुने फलाममो बल ८० थान र पाँच थान फलामको रडको टुक्रा बरामद गरेको छ ।

बरामद सामान सहित घलानलाई प्रहरीले हातहतितयार खरखजाना सम्बन्धी कसूरमा अदालततबाट ७ दिनको म्याद सहित अनुसन्धान गरिरहेको जनाएको छ ।

 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles