पर्सा–सर्लाहीको संग्रामपुरमा एक पूरुषको बेवारिसे शव फेला परेको छ ।
मंगलबार दिउसो पर्सा गाउँपालिका–१, सितलपुुर टोल नजिकै दशगजा क्षेत्रमा एक पूरुषको बेवारिसे शव फेला परेको प्रहरीले जनाएको हो । अन्दाजी ४५÷५० वषका जस्ता देखिने पुुरुषको सनाखत भने हुन नसकेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

प्रहरी गस्ती टोलीले सडक किनारमा लडिरहेको अवस्थामा पुरुषको शव फेलापारेको थियो । प्रहरीले शव परीक्षणको लागि प्रदेशिक अस्पताल मलङ्गवा पुर्याएको छ । प्रहरीका अनुसार मृतकको हातमा लगाएको बालामा जगन राउत लेखिएको र पकेटबाट भारतीय १० रुपैयाँको नोट र २ रुपैयाँको सिक्का फेला परेको छ ।

प्रहरीले मातहत यूनिटहरुमार्फ समेत पुुरुषको शव सनाखतको प्रयास गरिरहेको जनाएको छ ।

