Sunday, April 12, 2026

सम्पन्न प्रथम लालबन्दी मेयर गोल्डकपको आयव्यय सार्वजनिक 

ताजा / भरखरै प्राप्त

लालबन्दी– सर्लाहीको लालबन्दीमा सम्पन्न प्रथम लालबन्दी मेयर गोल्डकपको आयव्यय विवरण सार्वजनिक गरिएको छ ।

शनिबार आयोजक जीवेश्वर युवा क्लबको खेल मैदान लालबन्दी नगरपालिका–१, नवलपुर रङ्गशालामा एक कार्यक्रमका बिच आयव्यय सार्वजनिक गरिएको हो । प्रतियोगितामा सरकारी तथा गैर सरकारी सङ्घ संस्था सहित व्यक्तिगत दाताहरूबाट कुल ३३ लाख २९ हजार ७६ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको आय विवरण पेस गरिएको थियो । भने, त्यस मध्य २७ लाख ७६ हजार ८०६ रुपैयाँ खर्च भएको आयोजक क्लबका अध्यक्ष दीप बहादुर बुढाथोकी (दिपेन्द्र)ले जानकारी दिए ।

पत्रकार सम्मेलनमा क्लबका सल्लाहकार राजु राई सहित पदाधिकारीहरूलाई प्रतियोगिता सफल रुपले सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै कदर पत्रले सम्मान समेत गरिएको थियो । क्लबका अध्यक्ष बुढाथोकीको अध्यक्षता, लालबन्दी नगरपालिका–१ का वडाध्यक्ष हहिर भट्टाराईको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न गरिएको थियो । गत माघ १६ गतेदेखि २७ गतेसम्म प्रथम लालबन्दी गोल्डकप सञ्चालन गरिएको थियो । 

प्रथम प्रतियोगितालाई नै सफल रूपले सम्पन्न गर्नका लागि आर्थिक, भौतिक लगायत सहयोग गर्ने र स्वयंसेवक लगायत अन्य भूमिका सहित सहयोग गर्ने सम्पूर्णमा क्लबका अध्यक्ष बुढाथोकीले धन्यवाद प्रकट गरे । प्रमुख अतिथि भट्टराईले प्रथम गोल्डकप सफल रूपले सम्पन्न भएको र आगामी दिनमा यस प्रतियोगितालाई अझ फराकिलो दायरा सहित निरन्तरता दिनका लागि सबै पक्ष, तह र तप्कालाई सहयोग गर्न आग्रह गरेका छन । 

क्लबका सल्लाहकार राईले आगामी प्रतियोगिताहरूमा अझ स्तरीय टिमहरूको सहभागिता गराइने र पुरस्कार राशीमा समेत वृद्धि गरिने बताए । सम्पन्न प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता ब्याङ्गखाडी महोत्तरीले तीन लाख तथा उपविजेता सर्लाहीले एक लाख ५० हजार प्राप्त गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles