इश्वरपुर– सर्लाहीको इश्वरपुरमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
बुधबार इश्वरपुर नगरपालिका–१२, घारीबथान बस्ने राम बयलकोटीको ५ वर्षको छोरा विन्यास बयलकोटीको करेन्ट लागेर मृत्यु भएको हो । कुलोमा खेल्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार सोही स्थान बस्ने ५० वर्षका रामचन्द्र खड्काले कुलोमा मोटर जोडेर आफ्नो खेतमा पानी सिँचाइ गर्ने क्रममा बालकलाई करेन्ट लागेको हो । मोटरबाट करेन्ट लिक भएर गम्भिर बनेका बालकलाई उपचारको लागि तत्काल ईश्वरपुर नगर अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको हो ।
बालकको सव परीक्षणको लागि प्रादेशिक अस्पताल लगिएको र घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

