Tuesday, June 2, 2026

सर्लाहीको रामनगरमा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा / भरखरै प्राप्त

रामनगर–सर्लाहीको रामनगरमा मोटरबाट करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

शनिबार रामनगर गाउँपालिका–६, मलाहटोल बस्ने ५० वर्षकी मिथलेसिया देवीको करेन्ट लागेर मृत्यु भएको हो । उनलाई आफ्नै घर पछाडि रहेको चापाकलमा नुहाउने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।

प्रहरीका अनुसार मिथलेसीया देवीको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको थियो । शव घटना स्थलको मुचुल्का पछि परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles