Wednesday, May 13, 2026

सर्लाही प्रहरी द्धारा भन्सार छलीका सामान र मोटरसाइकल बरामद

ताजा / भरखरै प्राप्त

मलङ्गवा– सर्लाही प्रहरीले ठुलो परिमाणमा भन्सार छलीका सामाग्री सहित मोटरसाइकल बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मातहतबाट खटिएका प्रहरी टोलीले विभिन्न समय र स्थानमा बरामद गरेको उक्त बरामद सामाग्री प्रहरीले सार्वजनिक गरेको हो । नेपाल भारत सीमा क्षेत्रबाट चोरी पैठारी गरेर ल्याएको लत्ताकपडा, मिठाई, किराना र खाद्यानन्न सामाग्री सहित ओसारपसारमा प्रयोग भएका मोटरसाइकल समेत बरामद गरेको प्रहरीले जनाएको हो । 

अन्दाजी ३ लाख ८४ हजार ९५ रुपैयाँ बरामद सामान, भारतीय नम्बर भएका ६ थान मोटरसाइकल र एक जना अभियुक्तलाई पक्राउ गरी अदालतमा पेस गरिएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । पक्राउ पर्नेमा बलरा नगरपालिका–३, अर्नाह बस्ने भागनारायण रायका छोरा १९ वर्षका प्रविण कुमार राय रहेको प्रहरीले जनाएको हो । 

प्रहरीले भारतीय नम्बर बिआर ३० डी ९८८३, बिआर ०६ बिजे २६६९, बिआर ०६ सिजे ७८५२, बिआर ३० भी ०३७३, बिआर ३० एके १२०७ र बिआर ०५ एए ०५४७ गरी ६ ान मोटरसाइकल नियन्त्रणमा लिएको छ । पछिल्लो समय सीमा क्षेत्रमा सुरक्षा कडाइ गरे सँगै प्रहरीले अवैध तस्करी हुने गरेका सामान, संलग्न व्यक्ति र ओसारपसारमा प्रयोग भएका सवारी समेत व्यापक मात्रामा नियन्त्रणमा लिएको छ । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles