बागमती–सर्लाहीको बागमतीमा भारतीय मोटरसाइकलको ठक्करबाट एक वृद्धको ज्यान गएको छ ।
सोमबार बागमती नगरपालिका–२, धरहरा चोकमा पैदलयात्री धरहरा टोल बस्ने ७५ वर्षका हरि बहादुर अधिकारलाई मोटरसाइकलले ठक्कर दिएको हो । भारतीय नम्बर बिआर ३३ बिएफ ७८२१ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका वृद्ध अधिकारीको उपचारको क्रममा एल.एस न्युरो अस्पताल बारा पु¥याएपछि मृत्यु भएको हो ।
घाइते बुद्धलाई तत्काल उपचारको लागि बारा पु¥याइएको थियो । अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले घाइते अधिकारीलाई मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । दुर्घटनामा परेका अधिकारीको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको हो ।
दुर्घटनामा संलग्न मोटरसाइकल र चालक गोडैता नगरपालिका–२, निवासी २० वर्षका शिवम् कुश्वाहालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

