हरिपुर्वा–र्लाहीको हरिपुर्वामा यात्रु बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

बिहीबार बाँके–संग्रामपुर सडक खण्ड अन्तरगत हरिपुर्वा नगरपालिका–९, खिलामा यात्रु बसको ठक्करबाट ना ४८ प ४७० नम्बरको मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका–१२, कान्तिबजार निवासी अन्दाजी ३५/३६ वर्षका पप्पु भनिने श्याम ठाकुरको मृत्यु भएको हो । ठाकुर सवार मोटरसाइकलाई संग्रामपुरबाट बाँके तर्फ आँउदै गरेको ग १ ख ९४६७ नम्बरको यात्रु बसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट टाउकोमा गहिरो चोट लागि अचेत बनेका ठाकुरलाई प्रादेशिक अस्पताल मलङ्गवा पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । प्रहरीका अनुसार दुर्घटना लगतै बस चालक कबिलासी नगरपालिका निवासी अन्दाजी ४५ वर्षका बद्रि मण्डल फरार भएका छन् । भने, बस धनी सर्लाहीको पर्सा गाउँपालिका–२, संग्रामपुर निवासी २७ वर्षका मनिष कुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फरार बस चालकको खोजी गरिरहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

