सर्लाही–सर्लाही र आसपासको जिल्लामा बिहानै देखी मौसम बदली भई वर्षा भइरहेको छ ।
जिल्लाको उत्तरी क्षेत्रमा बिहानै देखी सामान्य झरी परिरहेको हो । एकनासले भारी नभए पनि बेलाबेलामा झरी पर्ने र रोकिने भइरहेको हो । मौसम पूर्वा अनुमान महाशाखाले समेत आज देशका अधिकांश क्षेत्रमा मौसम बदली हुने जनाएको छ । वर्षा हुन थाले सँगै आकाशे पानीको भरमा खेती गर्ने किसानहरू धान रोप्ने तयारीमा जुटेका छन ।
जिल्ला स्थित पूर्व पश्चिम राजमार्ग देखी उत्तरका अधिकांश किसानहरू आकाशे पानीको भरमा खेती गर्ने गर्दछन् । बेलाबेला भइरहेको वर्षाले जिल्लाका ग्रामीण भेगका कच्ची सडकहरू हिलाम्मे बनेर भिड्नै मुस्किल हुन थालेको छ । भने, नदि तटीय क्षेत्रका स्थानीय चिन्तित हुन थालेका छन् ।
यस जिल्लामा बागमती, लखन्देखी, झिम, मनुस्मारा लगायतका खोला र चुरेबाट निस्किएका साना ठूला खहरेको चपेटामा त्यस आसपासका स्थानीय पर्ने गरेका छन । व्यवस्थित तटबन्ध तथा बाढी र डुबानबाट क्षति पुग्ने स्थानका नागरिकलाई बचाउन बेलैमा पूर्व तयारी नगरेको भन्दै स्थानीयले आक्रोशित छन् ।

