Thursday, April 16, 2026

सय किलाे बढी गाँजा सहित एक जना पक्राउ

ताजा / भरखरै प्राप्त

लालबन्दी–सर्लाही प्रहरीले लालबन्दीबाट ठुलो परिमाणमा लागू औषध गाजा सहित एक जनालाई पक्राउ गरेको छ ।

गएराती लालबन्दी नगरपालिका–१४, डाइनी दोभानबाट ११२.८७ किलोग्राम लागू औषध गाँजा सहित सोही स्थानका ४२ वर्षका सोमबहादुर तामाङ पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्र प्रसाद खड्काले जानकारी दिए । प्रहरीले घटना स्थलबाट लागू औषध गाँजा लोड भएको अवस्थामा बिआर ३२ एएन ०८१७ नम्बरको भारतीय स्कारपियो र लु ३३ प ३८९४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

शङ्कास्पद गतिविधिमा संलग्न स्कारपियो र मोटरसाइकल रोक्न खोज्दा भाग्न खोजेपछि प्रहरीले तामाङ सहित सवारी नियन्त्रणमा लिएर चेक जाँच गरेको थियो । सोही क्रममा स्कारपियोबाट रातो प्लास्टिकको झोलामा प्याक गरेको लागू औषध गाँजा बरामद भएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । उनका अनुसार गोप्य सूचनाको आधारमा रातीनै इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक बिरेन्द्र जोहारी नेतृत्व प्रहरी टोली घटना स्थल पुगेको थियो ।

घटनाको बिषयमा मङ्गलबार पत्रकार सम्मेलन आयोजना गरी बरामद गाँजा सहित ओसारपसारमा प्रयोग भएको सवारी र संलग्न तामाङलाई प्रहरीले सार्वजनिक गरेको हो । तामाङलाई प्रहरीले लागू औषध ओसारपसार मुद्दामा ८ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिरहेको जनाएको छ । प्रहरीलाई देखेपछि स्कारपियोमा सवार केही फरार भएका र उनीहरुको समेत खोजी भइरहेको प्रहरीले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles