Saturday, November 8, 2025

मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

ताजा / भरखरै प्राप्त

बागमती–तीब्र गतिको दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा सर्लाहीको बागमतीमा दुवै चालको मृत्यु भएको छ ।

मङ्गलबार क्षेत्रिय सडक खण्ड अन्तरगत बागमती नगरपालिका–४, जिरायतमा पूर्व पश्चिम राजमार्ग स्थित पुतली चोकबाट सोल्टी जाँदै गरेको प्रदेश ३–०२–००६ प ७८६८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आँउदै गरेको बा ५६ प ५२६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हो । दुर्घटनामा ५२६ नम्बरको मोटरसाइकल चालक रौतहटको साविक बिसुनपुर्वा गाविस बस्ने ३३ वर्षका नागेन्द्र साह सोनार र ७८६८ नम्बरको मोटरसाइकल चालक काठमाडौँ महानगरपालिका–२३, बसन्तपुर बस्ने ३० वर्षको विवेक मानन्धरको मृत्यु भएको हो ।

दुर्घटना लगतै बागमती स्थित मोडल अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा नै दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । ५६२ नम्बरको मोटरसाइकलको पछाडि सवार रौतहटको साविक बिसुनपुर्वा गाउँपालिका–४, बस्ने ३२ वर्षकी चनचला देवी साह र भारतको बिहार राज्य बकुलिया बस्ने ३४ वर्षकी मुनीदेवी साहको भने वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको हो ।

दुवै मृतकको शव चन्द्रपुर स्थित अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताउनु भयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles