बागमती– ३० औँ प्रसारण दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
दिवसको अवसरमा शनिबार तामाङ पत्रकार सङ्घ जिल्ला कमिटी सर्लाहीको आयोजनामा बागमती र हरिवनमा सरसफाइ तथा अन्तरकृया सम्पन्न गरिएको हो । बिहान बागमती नगरपालिका–१२, स्थित काल्साङ छोइ खोर्लिङ गुम्बा सरसफाइ पछि हरिवन नगरपालिका–११, वडा कार्यालयमा तामाङ सञ्चारको इतिहास र उपलब्धि विषयमा अन्तरकृया सम्पन्न गरिएको थियो ।
रेडियो नेपालबाट पहिलो पटक २०५१ साल भदौ १ गते तामाङ भाषामा समाचार प्रसारण भएको सम्झनामा हरेक वर्ष भदौँ १ गतेलाई तामाङ अधिकारकर्मीहरूले प्रसारण दिवसको रुपमा मनाउँदै आएका छन् । सरसफाइ कार्यक्रममा केन्द्रिय सदस्य राजु लो तामाङ बागमती–१२, का वडाध्यक्ष ओमबहादुर श्रेष्ठ र वडा सदस्य जितेन्द्र दास काल्साङ छ्योई खोर्लिङ गुम्बाका प्रमुख लामा पाल्देन दोर्जे लामा, स्थानीय र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
यसैविच सङ्घका जिल्ला अध्यक्ष चन्द्रबहादुर जिम्बाको अध्यक्षता एवं हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानको प्रमुख आतिथ्यमा हरिवन नगरपालिका–११,को वडा कार्यालयमा अन्तरक्रिया सम्पन्न गरिएको हो । अन्तरक्रियामा नेपाल तामाङ घेदुङ सङ्घीय सदस्य जयमान पाख्रिन, चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामा, सङ्घका सङ्घीय सदस्य तामाङ, नेपाल युवा घेदुङ केन्द्रीय सदस्य सचित ङेसुर, पञ्चमान गोले, रत्न योञ्जन, तामाङ घेदुङ सर्लाहीका अध्यक्ष बुद्ध थिङ, रौतहट घेदुङ अध्यक्ष वीर ध्वज वाइबा, उमेश थोकर, विजय गोले, सेर बहादुर योञ्जन, पाल्देन दोर्जे लामा, हिरालाल स्याङ्तान लगायतको आतिथ्यता रहेको थियो ।