Saturday, May 18, 2024

मोटरसाईकल दुर्घटनामा तीनजना घाईते

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमतीमा भएको मोटरसाईलक दुर्घटनामा तीन जना घाईते भएका छन् ।

बुधबार राती बागमती नगरपालिका–१२, स्थित रेल्वे पुल नजिकै मोटरसाईकल दुर्घटना भएको हो । दुर्घटनामा परेर प्रदेश २–०३–००९ प ५२२२ नम्बरको मोटरसाईलकमा सवार बरहथवा नगरपालिका–३ बस्ने २१ बर्षका सन्देश सहनी, १७ बर्षका नविन कुमार सहनी र बरहथवा–४, का अन्दाजी १८÷१९ बर्षका सरोज सहनी घाईते भएका हुन् ।

पुर्व पश्चिम राजमार्गबाट तिब्र गतीमा भरत ताल तर्फ जादै गर्दा उनीहरु सवार मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटनामा परेको प्रहरीले जनाएको हो । घाईते मध्य मोटरसाईकल चालक सन्देशको टाउको र निधारमा चोट तथा वाँया हात भाचिएको अवस्थामा बिरगंजमा उपचार भईरहेको पारिवारीक श्रोतले जनाएको हो ।

बाँकी दुई जना सामान्य घाईते भएका र उनीहर डिस्चार्ज भईसकेका ईलाका कर्मैयाले जनाएको हो । उनीहरु सवार मोटरसाईकल सडकबाट २० फिट तल खाल्डोमा खसेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles