Saturday, June 14, 2025

विभत्स हत्या पछि फरार प्रतिवादी पक्राउ

ताजा / भरखरै प्राप्त

मलंगवा-सर्लाही प्रहरीले एक युवकको घाटी काटेर हत्या गरेका फरार भारतीय अपराधीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यलय सर्लाहीका अनुसार नेपाल भारत सिमा क्षेत्रबाट भारतको बिहार राज्य अन्तरगत सितामढी जिल्लाको सोनबर्षा थाना ग्राम पुरनदहा राजवडा पश्चिम वडा नम्बर–५, बस्ने रंजित कुमार बैठालाई पक्राउ गरेको हो । बैठाले भारतकै बिहार राज्यको सितामडी जिल्ला थाना पुरौना भिलेज पोष्ट मनियारी वडा नम्बर–५ बस्ने २३ बर्षका गोलु भनिने अभिषेक राजको नेपालमा विभत्स हत्या गरेका थिए ।

अभिषेकको २५ श्रावण २०८० मा हरिवन नगरपालिका–४, लखन्देही पुलमुनी टाउको र दुई दिनपछि लालबन्दी नगरपालिका–१७, स्थित कालिन्जोर पुल नजिकै जंगलमा सडेको अवस्थामा शरिर फेला परेको थियो । भारतबाट सगैँ आएका बैठा घटना घटाएर भारत तर्फनै फरार भएका थिए । उन्लाई प्रहरीले खोजिको सुचिमा राखेको थियो । सोही क्रममा गएराती फेला पारेको प्रहरीले जनाएको छ ।

बैठा मलंगवा नगरपालिका–८, गोरखकाली नजिकै सिमाक्षेत्रमा लगाएको महायज्ञ स्थलमा घुमीरहेका बेला पक्राउ परेका हुन् । बैठालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान सुर गरेको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles