Monday, September 9, 2024

मधेश प्रदेशको मन्त्रिपरिषद् बिस्तार, लुंगेली बिना विभागीय मन्त्री

ताजा / भरखरै प्राप्त

सर्लाही–मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् बिस्तार गरेका छन् ।

बिस्तारित मन्त्री मण्डलमा भरतप्रसाद साह बिना विभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुङ्गेलीले बिना विभागीय मन्त्रीको जिम्मेवारी प्राप्त गरेका हुन् । भने, शारदा थापालाई गृह, सञ्चार तथा कानून मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । साह र भट्टराई नेकपा (माओवादी केन्द्र) बाट सरकारमा सहभागी भएका हुन् ।

यस्तै लुङ्गेली नेकपा (एकीकृत समाजवादी) र थापा नेकपा एमालेबाट सरकारमा सहभागी बनेका छन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनियताको शपथग्रहण गराईन् । माओवादीबाट उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेबारी सम्हाल्दै आएकी सुनिता यादवलाई भने पार्टीले फिर्ता बोलाइएको छ ।

माओवादीका भरत साहले भने अर्थ मन्त्रालयमा दाबी गर्दै आएपनि टुङ्गो नलागेका कारण बिनाविभागिय मन्त्रीको रूपमा अहिले शपथ लिएका श्रोतले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles