Monday, January 13, 2025

चतुरभुजेश्वर मावीमा फेरी भेटौला कार्यक्रम सम्पन्न

ताजा / भरखरै प्राप्त

हरिवन–सर्लाहीको सुखेपोखरीमा रहेको चतुर भुजेश्वर जनता माध्यामिक बिद्यालयमा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार बिद्यालयका प्रांगणमा औपचारिक कार्यक्रमका वीच फेरी भेटौँला कार्यक्रम मार्फत कक्षा १२ का बिध्यार्थीहरुलाई विदाई गरिएको हो । कक्षा ११ का छात्रछात्राहरुको आयोजना सम्पन्न कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्तोष भुजेलको प्रमुख आतिथ्यता रहेको बिद्यालय प्रशासनले जनाएको हो ।

कार्यक्रम मार्फत कक्षा ११ का छात्रछात्राहरुले १२ कक्षाका छात्रछात्राहरुलाई मायाको चिनो सहित खादा लगाएर विदाई गरेका थिए । कार्यक्रममा छात्रछात्राहरुले नृत्य गायन लगाएतको प्रतिभा समेत प्रस्तुत गरेका प्रधानाध्यापक टेक बहादुर राउतले जानकारी दिए । बिध्यालयका शिक्षक शिक्षिकाहरुले समेत छात्रछात्राहरुलाई परिक्षामा सफलताको शुभकामना समेत ब्यक्त गरे ।

शिक्षक महासंघ हरिवन नगर कमिटि सभापति समेत रहेका पुष्कर बुडाथोकी, बिध्यालय व्यवस्थापन समिति सदस्य रोहित परियार, गितानाथ मैनाली, लगाएतले मन्तव्य राखेका कार्यक्रमका सभाध्यक्ष एवं ११ कक्षाका छात्र प्रकाश भोलनले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles