Thursday, June 13, 2024

चोरीको मोटरसाईकल सहित तिन जना पक्राउ

ताजा / भरखरै प्राप्त

बरहथवा–सर्लाही प्रहरीले चोरीको मोटरसाईकल सहित तिन जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यलय बरहथवाले दुईवटा मोटरसाईकल चोरीको आरोपमा तिनजनालाई पक्राउ गरेको हो । दुई छुट्टा छुटै स्थानबाट चोरीको दुईवटा मोटरसाईकल सहित तिन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको ईलाका प्रहरी कार्यलय बरहथवाले जनाएको हो ।

प्रहरीले टोलीले जिल्लाको धन्कौल गाउँपालिका–४, हरकठवाबाट चोरीको मोटरसाईकल सहित धन्कौल–३, निवासी २२ बर्षका निरन्जन रायलाई पक्राउ गरेको हो । राय चोरी गरेर चलाईरहेको मधेश प्रदेश ३–०२४ प ८९०४ नम्बरको मोटरसाईकल सहित पक्राउ परेका हुन् । पक्राउ परेका रायलाई मोटरसाईकल चोरी मुद्धामा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

यस्तै ईलाका प्रहरी कार्यलय बरहथवाको टोलीले बरहथवा नगरपालिका–७, बाट चोरीको मोटरसाईकल सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बरहथवा नगरपालिका–७, निवासी २६ बर्षका मुना यादव र सोही स्थानका ३५ बर्षका हरिलाल महतो रहेका छन् । उनीहरुलाई नम्बर नखुलेको २२० सिसिको पल्सर मोटरसाईकल चोरी गरेर चडिरहेको अस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

उनीहरुलाई पनि मोटरसाईकल चोरी मुद्धामा जिल्ला अदालत सर्लाहीबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरुगरेको प्रहरीले जनाएका छ । प्रहरीले बरामद मोटरसाईकल धनीको पहिचान गर्ने प्रयास भईरहेको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles