Tuesday, July 16, 2024

चन्द्रनगरमा करेन्ट लागेर एकजनाको मृत्यु

ताजा / भरखरै प्राप्त

चन्द्रनगर–सर्लाहीको चन्द्रनगरमा पानी तान्ने मोटरबाट करेन्ट लागेर एक पुरुषको ज्यान गएको छ ।

बुधवार बिहान ईश्वरपुर नगरपालिका–३, का ४० बर्षका कौशल किशोर चौधरीको चन्द्रनगर–७, मा रहेको आफ्नै माछा पोखरीमा पानी भर्ने क्रममा मोटरबाट करेन्ट लागेको हो । करेन्ट लागेर गम्भिर बनेका चौधरीलाई उपचारको लागि नजिकैको स्वास्थ्य संस्थामा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

बुवालाई करेन्ट लागेको थाहाँ पाएपछि पुगेका छोराले उपचारको लागि अस्पताल पुर्याएका थिए । चौधरीको सव परिक्षणको लागि प्रादेशिक अस्पताल पुर्याईएको छ । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका सुचना अधिकारी एवं डिएसपी दिपेन्द्र पंजियारले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles