Wednesday, February 21, 2024

नेपाल मगर संघको लालबन्दी नगर भेला सम्पन्न

ताजा / भरखरै प्राप्त

लालबन्दी–नेपाल मगर संघ लालबन्दीले नगर भेला सम्पन्न गरेको छ ।

लालबन्दी नगरपालिका स्थित यूनाईटेड होटलको सभाहलमा औपचारिक कार्यक्रमा विच नेपाल मगर संघ लालबन्दी नगर भेला सम्पन्न गरेको हो । मधेश प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा नगर भेला सम्पन्न भएको संघका जिल्ला अध्यक्ष तेजनारायण आलेले जानकारी दिए ।

भेलाले बेनी बहादुर आले मगरको अध्यक्षतामा २५ सदस्य लालबन्दी नगर कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा प्रकाश गुमछाने मगर, सचिवमा राजेश आले मगर, सह–सचिवमा कान्छा आले, कोषाध्यक्षमा निरा मगरलाई चयन गरेको हो । भने, अन्यलाई सदस्यमा चयन गरेको संघले जनाएको छ ।

जिल्ला अध्यक्ष मगरको अध्यक्षतामा भएको भेलामा मधेस प्रदेश सभा सदस्य लुङ्गेलीको प्रमुख अतिथ्यता रहेको थियो । संघका केन्द्रिय उपमहासचिव बिमल लुङ्गेली मगर, पुर्व केन्द्रिय सदस्य लेखराम जर्गा मगर, मधेश प्रदेश महिला समिति अध्यक्ष कौशिल्या देवी लुंगेली लगाएतको विशेष अतिथ्यता रहेको संघका सस्कृती समिति अध्यक्ष संजय मगरले जानकारी दिए ।

भेलामा लालबन्दी क्षेत्रका मगर समुदायका अग्रज ब्यक्तित्वहरुको समेत उपस्थिती रहेको थियो । यो सगैँ संघले बरहथवा, हरिपुर, लालबन्दी र हरिवन नगर भेला सम्पन्न गरेको जनाएको छ ।

यसै विच संघको जिल्ला अधिवेशन माघ १४ गते बागमती नगरपालिका–१, मिलन चोकमा रहेको मगर गुम्बा प्रांगणमा भब्य समारोहका बिच सम्पन्न गरिने भएको छ । उक्त अधिवेशनले संघको आगामी कार्यकालको नयाँ नेतृत्व चयन गर्ने जिल्ला अध्यक्ष आले मगरले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles