बागमती–माध्यामिक शिक्षा परीक्षा एसईईमा सर्लाहीको बागमती नगरपालिकाका विद्यालयले नतिजा लगातार सुधार गरेका छन् ।

सोमबार राती सार्वजनिक भएको माध्यामिक शिक्षा परीक्षा एसईईको शैक्षिक सत्र २०८२ को नतिजा अनुसार बागमती नगरपालिकाका विद्यालयको नतिजा थप सुधार भएको हो । सार्वजनिक नतिजा अनुसार बागमती नगरपालिकामा सामुदायिक तर्फ ८५.३१ प्रतिशत र संस्थागत तर्फ ९७.२० प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।

यो नतिजा २०८१ का अनुसार सामुदायिक तर्फ १६.८३ प्रतिशतले र संस्थागत तर्फ ४.१८ प्रतिशतले सुधार भएको हो । यस पालिकामा ५ वटा सामुदायिक र तीन वटा संस्थागत गरी ८ वटा विद्यालयबाट ४६१ जना छात्रछात्राहरू एसईईमा सहभागि भएका थिए । सामुदायिक तर्फ ३८८ र संस्थागत तर्फ ७३ जना छात्रछात्राहरू परीक्षामा सहभागि भएका नगर शिक्षा शाखाले जनाएको हो ।

विद्यालय अनुसार जनता माध्यामिक विद्यालय राजघाट–५, मा ९०.९९ प्रतिशत विद्यार्थी उतिर्ण भए । यहाँबाट ७७ जना छात्रछात्रा परीक्षामा सहभागि भएकामा ६९ जना ग्रेडेड भएका छन् । भने, ७ जना छात्रछात्रा नन्ग्रेडेड भएका छन् । यस विद्यालयबाट सबै भन्दा धेरै ३.५५ जिपिए प्राप्त गरे ।
यस्तै जनता माध्यामिक विद्यालय मिलनचोक–१, मा ७५.५१ प्रतिशत छात्रछात्रा ग्रेडेड भए । यस विद्यालयबाट परीक्षामा सहभागि ४९ जना छात्रछात्रा मध्य ३७ जना ग्रेडेड र १२ जना नन्ग्रेडेड भएका नतिजामा उल्लेख छ । यस विद्यालयबाट सबै भन्दा धेरै ३.१५ जिपिय आएको छ ।
यसैबीच जनबाल कल्याण माध्यामिक विद्यालय बागमती–२, मा ८०.९५ प्रतिशत छात्रछात्राहरू परीक्षामा ग्रेडेड भएका छन् । ६३ जना छात्रछात्रा सहभागी परीक्षामा ५१ जना ग्रेडेड र १२ जना नन्ग्रेडेड भएका हुन् । प्राप्त नतिजा अनुसार यस विद्यालयमा सबै भन्दा धेरै ३.६० जिपिए आएको छ ।
श्री महेन्द्र जनता माध्यामिक विद्यालय बागमती–११, मा ८१.३१ प्रतिशत छात्रछात्रा ग्रेडेड भएका छन् । यस विद्यालयबाट ९१ जना छात्रछात्रा परीक्षामा सहभागि भएकामा ७४ जना ग्रेडेड र १७ जना नन्ग्रेडेड भएका छन् । यस विद्यालयबाट सबै भन्दा धेरै ३.९६ जिपिए प्राप्त गरेका छन् ।
यस्तै नव जन जागरण माध्यामिक विद्यालय बागमती–८, बाट ९२.५९ प्रतिशत छात्रछात्राहरू ग्रेडेड भएका छन् । यस विद्यालयबाट परीक्षामा सहभागि १०८ जना छात्रछात्राहरू मध्य १०० जना ग्रेडेड र ८ जना नन्ग्रेडेड भएका छन् । यस विद्यालयबाट ३.९२ जिपिए प्राप्त गरेका छन् ।

यस्तै संस्थागत तर्फ नमुना ज्ञानोदय सेकेन्डरी स्कुल बागमती–५, बाट ९३.१० प्रतिशत छात्रछात्राहरू ग्रेडेड भएका छन् । यस विद्यालयबाट कुल २९ जना छात्रछात्राहरू परीक्षामा सहभागि भएका थिए । त्यस मध्य २७ जना ग्रेडेड र २ जना नन्ग्रेडेड भएका छन् । यहाँबाट सबै भन्दा धेरै ३.९५ जिपिए प्राप्त गरे ।
यस्तै युरिका इंङ्गलिस सेकेन्डरी स्कुल बागमती–८, बाट शत प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । यहाँबाट २० जना छात्रछात्राहरू परीक्षामा सहभागि भएकामा सबै ग्रेडेड भएका हुन् । यहाँबाट सबै भन्दा धेरै ३.७१ जिपिए प्राप्त गरेका छन् ।
यसैगरी एलिट इङ्ग्लिस बेडिङ स्कुल बागमती–१२, बाट पनि शत प्रतिशत छात्रछात्रा ग्रेडेड भएका छन् । यस विद्यालयबाट २४ जना छात्रछात्राहरू परीक्षामा सहभागि भएकामा २४ जना नै ग्रेडेड भएका हुन् । यस विद्यालयबाट सबै भन्दा धेरै ३.७८ जिपिए प्राप्त गरेका सार्वजनिक नतिजामा उल्लेख छ ।

यस पालिकाको गत तीन वर्षको एसईई ग्रेडेड नतिजा हेर्ने हो भने, सामुदायिक तर्फ २०८० मा ६७.५६, २०८१ मा ६८.४८ र २०८२ मा ८५.३१ प्रतिशत पुगेको छ । भने, संस्थागत तर्फ २०८० मा ९३.७५, २०८१ मा ९३.०२ र २०८२ मा ९७.२० प्रतिशत पुगेको हो ।
विद्यालय परिवार, शिक्षक, कर्मचारी, अभिभावक, व्यवस्थापन समिति, जनप्रतिनिधि तथा नगर शिक्षा शाखाको अथक प्रयासबाट नै नगरको शैक्षिक अवस्था र नतिजामा क्रमिक रुपमा सुधार हुँदै गरेको नगर शिक्षा शाखा प्रमुख मीन प्रसाद उपाध्यायले जानकारी दिए ।

