गौडैता–सर्लाहीको गोडैतामा फेला परेको बेवारिसे शवको सनाखत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उक्त शव बलरा नगरपालिका–६, निवासी ६२ वर्षका तेज हजारीको रहेको प्रहरीले पुष्टि गरेको हो । मृतक हजारीका छोरा शिवराज हजारीले शव सनाखत गरेका जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

हजारीको शव गत आइतबार गोडैता नगरपालिका–६, बग्दह स्थित महालक्ष्मी चिनी उद्योग नजिकै हुलाकी सडक किनारमा सडेको अवस्थामा फेला परेको थियो । लगतै प्रहरीले घटना स्थलको मुचुल्का गरी प्रादेशिक अस्पतालको शव गृह पुर्याएको थियो ।
घटना शङ्कास्पद रहेको अनुमान सहित प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।

