Wednesday, May 13, 2026

ग्यास सिलिन्डर लिक हुँदा हरिवनमा घर जलेर खरानी

ताजा / भरखरै प्राप्त

हरिवन– सर्लाहीको हरिवन नगरपालिका स्थित चुरे क्षेत्र बिलन्दी डाँडामा एक घर जलेर खरानी भएको छ । 

शुक्रबार बिहान हरिवन नगरपालिका–१, बिलन्दी डाँडामा रहेको दिवस बम्जनको काठले बनेको २ तल्ले घरमा आगलागी भएको हो । घरमा खाना पकाउन बालेको आगो ग्यास सिलिन्डरबाट घरमा सल्किएको थियो । आगलागीबाट बम्जनको काठको घर सहित घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडाकुँडा, गरगहना, फर्निचर लगायत सामग्री पूर्ण रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको हो ।

प्रहरीका अनुसार भान्सा कोठाबाट खाना पकाउने क्रममा बिहान सबा ९ बजे घरमा आगलागी सुरु भएको थियो । खबर पाए लगतै पुगेको दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोलीले आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिएका प्रहरीले जनाएको हो । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागीमा जलेका सरसामग्री, अन्नपात, लत्ताकपडा घर लगायत सामाग्री गरी ३० लाख बराबरको क्षति भएको पीडित परिवारको दावी छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles