Wednesday, May 13, 2026

गरगहना चोरीको आरोपमा बालबालिका सहित पाँच जना पक्राउ

ताजा / भरखरै प्राप्त

मलङ्गवा–सर्लाहीको मलङ्गवाबाट प्रहरीले चोरीका गरगहना सहित पाँच जनालाई पक्राउ गरेको छ । 

गत सोमबार मलङ्गवा नगरपालिका–८, हनुमान टोल स्थित राजिव शर्माको घरमा चोरी भएको थियो । चोरीको उजुरी पछि प्रहरी टोलीले अनुसन्धानको क्रममा तीन जना बालबालिका सहित ५ जनालाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान चोरी भएका विभिन्न १८ किसिमका सुन चाँदीका गरगहना र अन्य सामाग्री समेत बरामद गरेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । 

प्रहरीका अनुसार घटनामा नाम ठेगाना गोप्य राखिएका १४, १५ र ११ वर्षका तीन जना बालबालिका तथा ३५ र ४० वर्षकी महिला पक्राउ परेका छन् । उनीहरूलाई अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा तीन दिनको म्याद थप गरी अनुसन्धान अगाडि बडाइएको प्रहरीले जनाएको हो । पक्राउ परेका अभियुक्तहरूको बयानको आधारमा प्रहरीले उनीहरूको घरमा खानतलासी गरेको थियो । सोही क्रममा शर्माको घरबाट चोरी भएका विभिन्न सामाग्री बरामद गरेको जनाएको हो । 

बरामद भएका सामाग्रीहरुमा चाँदीको साँचोको झुप्पा सानो ठुलो गरी दुई थान, सुनको औँठी एक थान, चाँदीको हातमा लगाउने बाला दुई थान, चाँदीको खुट्टामा लगाउने बाला एक थान, सुनको मङ्गल सूत्र एक थान, चाँदीको पाउजु तीन थान, चाँदीको बिछिया एक थान, सुनको तिलहरी एक थान, पोते सहितको तिलहरी एक थान, लेडिज पर्स दुई थान, एसीई कम्पनीको किप्याड मोबाइल एक थान, सानो तिलहरी मोती सहितको एक थान, प्राइम बैङ्कको चेकबुक एक थान, मोति तीन थान,  चश्मा एक थान, सुनको हातमा लगाउने बाला एक थान, कानमा लगाउने सुनको टप पाँच थान, घडि दुई थान र तिलहरी एक थान रहेको छ ।

घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरी अधिकारीको भनाई छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles