बागमती–सर्लाहीको बागमती नगरपालिकामा १० दिने कुक तालिम सम्पन्न भएको छ ।
आइतबार सहभागि प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै तालिमको समापन गरिएको हो । बागमती नगरपालिकाको आर्थिक सहयोग तथा गौरीभक्त मल्टि टेक्निकल कलेज विराटनगर मोरङको प्राविधिक सहयोगमा चैत १२ गतेबाट सुरू भएकाे प्रशिक्षण सम्पन्न गरिएको नगरपालिकाका योजना शाखा प्रमुख सुशान्त अधिकारीले जानकारी दिए ।
नगर भित्र संचालमा रहेका होटल व्यवसायमा कुकको रुपमा कमगर्ने व्यक्तिहरूलाई १० दिन सम्म बागमती नगरपालिका–१२, स्थित भरत ताल परिसरमा रहेको होटल गार्डेनमा तालिम प्रदान गरिएको थियो । सहभागीहरूलाई परिकार तयार तथा सेवाग्राहीलाई गरिने अतिथि सत्कार सहितको व्यवसायिक सीप प्रदान गरिएको आयोजक बागमती नगरपालिकाका कार्यवाहक मेयर कृष्ण कुमार लामाले बताए ।
यसले नगरमा सञ्चालन भएका होटल व्यवसायमा सेवा थप गुणस्तरीय हुने, सोवाग्राहीहरुले पाउने सेवा चुस्तदुरुस्त बन्ने अपेक्षा गरिएको उनको भनाई थियो । तालिम सञ्चालन गरिदिएको भन्दै यहाँका होटल व्यवसाय सञ्चालकहरूले नगरपालिका प्रति आभार व्यक्त गरेका छन् । तालिममा तीन दर्जन बढी कुकहरू सहभागि भएका थिए ।

