राजु लो तामाङ -माघ १६ गते, शुक्रबार सर्लाहीको बागमतीमा जारी दोस्रो जिरायत कप नकआउट फुटबल प्रतियोगितामा सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ ।
शुक्रबार ओम युवा क्लबको खेल मैदानमा प्रतियोगिताको तेस्रो तथा अन्तिम क्वाटरफाइनल खेल सकिए सँगै सेमिफाइनलको समिकरण पूरा भएको हो । आज भएको तेस्रो क्वाटरफाइनल खेलमा लालभित्ती युवा क्लबलाई १-० गोलले पराजित गर्दै आइडल को.एड. एकेडेमी लालबन्दी सेमिफाइनलमा पुग्ने तेस्रो टोली बनेको हो । आइडलले भोलि पहिलो सेमिफाइनलमा सयपत्री युवा क्लब बर्दिबास सँग प्रतिस्पर्धा गर्नेछ । खेलको पहिलो हाफमा लालभित्तीका खेलाडीले हानेको बल आफ्नै गोल पोष्टमा गोल हुन पुगेपछि आइडलले अग्रता लिए । सोही गोल निर्णायक बन्यो ।
खेलको म्यान अफ द म्याच आइडलका क्याप्टेन तथा गोल रक्षक रोहन घिसिङ चुने उनले नगद पुरस्कार र ट्रफी हात पारे । आइडलले भोलि पहिलो सेमिफाइनलमा सयपत्री सामुदायिक युवा केन्द्र हात्तीलेट सँग प्रतिस्पर्धा गर्नेछ । आजै भएको अन्तिम क्वाटरफाइनलमा द अनुप सेवा समाजलाई २-० ले पराजित गर्दै पञ्चधुरा सामुदायिक सेवा केन्द्र अन्तिम ४ मा प्रवेश गरेको छ । पहिलो हाफको २१ औं मिनेटमा सुजित मगरले गोल गर्दै पञ्चधुरालाई अग्रता दिलाए । दोस्रो हाफको अन्तिम तिर लाल बहादुर लामाले थप गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।
अन्तत: पञ्चधुराले जित निकाल्दै टुटेश्वरसँगको अन्तिम सेमिफाइनलमा भेट पक्का गरे । खेलको म्यान अफ द म्याच पञ्चधुराका सुजित मगर घोषित हुँदै नगद र ट्रफी हात पारे ।

