Wednesday, February 18, 2026

सर्लाहीको गोडैतामा उखुको भारीले च्याप्दा एक पुरुषको मृत्यु

ताजा / भरखरै प्राप्त

गोडैता–सर्लाहीको गोडैतामा उखुको भारीले च्याप्दा एक युवकको मृत्यु भएको छ ।

शुक्रबार गोडैता नगरपालिका–४, रहुवामा उखुको लोडले च्यापिँदा एक युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा म.प्र.०३–००१ त ७९०५ नम्बरको ट्रयाक्टर चालक रौतहटको राजदेवी नगरपालिका–६, मोहनपुर बस्ने ३० वर्षका राजु पटेल रहेको प्रहरीले पुष्टि गरेको छ । साँझ हुलाकी सडक खण्ड अन्तरगत गडहियाबाट बगदह स्थित महालक्ष्मी चिनी उद्योगमा उखु लिएर जाँदै गरेका पटेलले चलाएको ट्रयाक्टरमा एक्कासि ब्रेक लगाउँदा उखुको भारी चिप्लिएर पटेललाई थिचेको थियो ।

तत्काल उद्धार गरी प्रादेशिक अस्पताल पु¥याएपछि उहाँलाई चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । मृतकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको र घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles