Friday, April 10, 2026

बागमतीबाट लागू औषध सहित युवक पक्राउ

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाही प्रहरीले अवैध लागू औषध सहित बागमतीबाट एक युवकलाई पक्राउ गरेको छ । 

बागमती नगरपालिका–६, राधाकृष्ण मन्दिर नजिकैबाट लागू औषध सहित सोही स्थान बस्ने २८ वर्षका जीवन घिसिङ पक्राउ परेका हुन । प्रहरीका अनुसार बाँस घारी नजिकै बसिरहेका घिसिङलाई शङ्का लागेर चेक जाँच गर्न क्रममा उनको ब्यागबाट प्रहरीले ट्रामन–५० लेखेको क्याप्सुल २१४ पिस, स्पास्मो क्याप्सुल २०० पिस र २५ ग्राम गाजा बरामद गरेको हो ।

प्रहरीले उनको साथबाट २५ सय ३० रुपैयाँ पैसा, एक थान मोबाइल र उनले प्रयोग गरेको बा प्र.०२–०३० प ५५७० नम्बरको मोटरसाइकल समेत बरामद गरेको जनाएको छ । बरामद सामाग्री सहित घिसिङलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । 

घिसिङलाई प्रहरीले गत मङ्गलबार नै पक्राउ गरेको भएपनि बिहीबार मात्र सार्वजनिक गरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles