Friday, April 10, 2026

हर्दी खोलामा महिलाको बेवारिसे शव भेटियो

ताजा / भरखरै प्राप्त

पर्सा–सर्लाहीको पर्सा गाउँपालिका स्थित हर्दी खोलामा एक महिलाको बेवारिसे शव फेला परेको छ ।

पर्सा गाउँपालिका–१, हर्दी खोला किनारमा अन्दाजी ३०÷३५ वर्षको जस्तो देखिने पहाडी मूलकी महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । खोलाले बगाएर ल्याएको जस्तो देखिने शव फेला परेको प्रहरी प्रवक्ता राईले बताए ।

स्थानीयले खोलामा महिलाको बेवारिसे शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । लगतै पुगेको प्रहरी टोलीले शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको र शव सनाखतको प्रयास समेत गरिरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles