Wednesday, February 18, 2026

बागमतीका १३ सय ५० घरधुरी खानेपानीबाट बञ्चित

ताजा / भरखरै प्राप्त

अविरल बर्षाका कारण हरिवन नगरपालिका र बागमती नगरपालिकाको सिमाना भएर बग्ने हरिवन खोलाले बागमती नगरपालिका वडा नं १ मा रहेको वृहद् खानेपानी उपभोक्ता समितिको मुख्य पाइपलाइन बगाएको छ ।

शनिबार राती  परेको भारी वर्षाले हरिवन खोलामा बाढी आउदा बागमती नगरपालिका वडा नं. २ र ३ तर्फ खानेपानी विस्तार गरिएको मुख्य पाइप बगाएको वृहद् खानेपानी उपभोक्ता समितिका अध्यक्ष बसन्त भट्टराइले जानकारी दिनुभयो । भट्टराइका अनुसार पाइप बगाएपछि दुईवटा वडाका झण्डै १३ सय ५० घरधुरी खानेपानी सेवाबाट बञ्चित भएका छन् । बाढी जारी नै रहेकाले बाढी रोकिए पछि र्ममतको काम अघि बढने र तत्काल खानेपानी सेवा सुचारु गर्ने अवस्था नरहेको भट्टराइले जानकारी दिए ।

वृहद् खानेपानी उपभोक्ता समितिको को बागमती नगरपालिका वडा नं. १ आदर्श चोकदेखि उत्तर रहेको ओभरहेड ट्यांकीबाट २३ सय घरधुरीमा खानेपानी सेवा सुचारु गर्दै आईरहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles