Friday, April 10, 2026

सर्लाहीमा स्कारपियोको ठक्करबाट दुईजनाको मृत्यु, एक गम्भिर

ताजा / भरखरै प्राप्त

ब्रह्मपुरी–सर्लाहीको ब्रह्मपुरीमा भएको सवारी दुर्घटनामा मोटरसाइलकमा सवार दुई युवकको मृत्यु भएको छ । भने, अर्का एक जना गम्भिर घाइते भएका छन । 

गएराती ब्रह्मपुरी गाउँपालिका–५, स्थित हुलाकी सडक खण्डमा एम एच ०४ डिजे १२९७ नम्बरको भारतीय स्कारपियोले प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार ब्रह्मपुरी गाउपालिका–२, बस्ने २३ वर्षका अङ्कित चौधरी र २५ वर्षका रोहित सहनीको मृत्यु भएको छ । 

भने, मोटरसाइकलमा सवार सोही स्थानका २३ वर्षका शिव शङ्कर पण्डित गम्भिर घाइते भएका छन् । घाइते पण्डितको एलएस न्यूरो अस्पताल बारामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सीमावर्ती क्षेत्र स्थित ब्रह्मपुरी गाउँपालिका स्थित हुलाकी सडक हुँदै पर्साबाट भेल्ही आँउदै गरेको उक्त स्कारपियो गाडिले विपरित दिशाबाट जाँदै गरेको तीन जना सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । 

दुर्घटनामा गम्भिर घाइते भएका चौधरी र पण्डितलाई रामजानकी अस्पताल जनकपुर पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । प्रहरीले दुर्घटनामा संलग्न स्कारपियो र मोटरसाइकल नियन्त्रणमा लिएको छ । भने, घटना लगतै फरार स्कारपियो चालकको खोजी भइरहेको जनाएको छ । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles