Wednesday, February 18, 2026

माओवादी केन्द्र बागमती १२ को अध्यक्षमा प्रधान चयन

ताजा / भरखरै प्राप्त

बागमती– सर्लाहीको बागमती नगरपालिका–१२ को अध्यक्षमा बेनी कुमार प्रधान चयन भएका छन् । 

बुधबार यस वडा अन्तरगत बथनिय फुटबल मैदानमा आयोजित पार्टीको वडा भेलाले प्रधानको अध्यक्षतामा वडा कमिटी गठन गरेको हो । भेलाले प्रधानको अध्यक्षतामा ३१ सदस्य कमिटी गठन गरेको पार्टीका निवर्तमान वडा कमिटी अध्यक्ष सन्तबहादुर थोकरले जानकारी दिए । 

थोकरको अध्यक्षतामा सम्पन्न भेला मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

यस्तै सोही भेलाले नेकपा(माओवादी केन्द्र), को युवाभातृ सङ्गठन वाइसिएल नेपालको वडा कमिटी समेत गठन गरेको छ । भेलाले रामकृष्ण प्रधानको अध्यक्षतामा ३१ सदस्य वाइसिएलको वडा कमिटी गठन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि तथा अन्य अतिथिहरूले दुवै कमिटीमा चयन भएका पदाधिकारी तथा सदस्यहरूलाई अबिर पहिर्‍याएर शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा पार्टी नेता बद्रि प्रदान, माओवादी केन्द्र बागमती नगर कमिटी अध्यक्ष कुमार तुम्सिङ, सचिव हरिभक्त खड्का, बागमती नगरपालिका–१२, का वडाध्यक्ष ओम बहादुर श्रेष्ठ लगायत सयौँको सङ्ख्यामा स्थानीयको समेत सहभागिता रहेको थियो । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles