ईश्वरपुर-सर्लाही प्रहरीले ईश्वरपुरबाट अबैध लागू औषध गाजा सहित एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मङ्गलबार ईश्वरपुर नगरपालिका–४, पूर्व पश्चिम लोकमार्ग स्थित दोस्रो लच्का नजिकैबाट ५५ किलो २२० ग्राम गाजा सहित एक पुरुष पक्राउ परेका हुन । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–१२, घारीवथान बस्ने ३२ वर्षका सजीव भुजेल रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बलिष्ठर सिंहले जानकारी दिए ।
लागूऔषध गाजा ओसारपसार भइरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले चेक जाँचको क्रममा रोड किनारमा बसिरहेका भुजेललाई प्लाष्टिकमा पोको पारेर परालले छोपेर राखेको गाजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

