Wednesday, February 18, 2026

जनवाल कल्याण मावि धरहराद्धारा छात्रवृति वितरण, उत्कृष्ट विद्यार्थी सम्मान र परीक्षाफल प्रकाशन 

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित श्री जनवाल कल्याण माध्यामिक विद्यालयले परीक्षाफल प्रकाशन तथा छात्रवृति वितरण गरेको छ । 

शुक्रबार बागमती नगरपालिका–२, धरहरामा रहेको यस विद्यालयले छात्रवृति वितरण, एसइइमा उत्कृष्ट विद्यार्थी सम्मान र त्रैमासिक परीक्षाफल प्रकाशन गरेको हो । कार्यक्रममा त्रैमासिक परीक्षामा उत्कृष्ट हुने छात्रछात्राहरूलाई पुरस्कार समेत वितरण गरिएको थियो । विद्यालयले गत शैक्षिकसत्रको छात्रा, दलित र सीमान्तकृत विद्यार्थीले पाउने छात्रवृति समेत वितरण गरेको छ ।

कक्षा १ देखि ५ सम्म ११० जना छात्रछात्राहरूले उक्त छात्रवृति प्राप्त गरेका हुन । सोही अवसरमा २०८१ को एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने एक जना छात्रालाई नगद ११ हजार १११ रुपैयाँ र प्रमाण पत्र प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक प्रकाश बहादुर जिम्बाले जानकारी दिए । आगामी वर्ष देखी एसइइमा ए प्लस ग्रेड प्राप्त गर्ने हरेक विद्यार्थीलाई जनही २५ हजार नगद सहित सम्मान गर्ने विद्यालयले घोषणा समेत गरेको छ । 

यस्तै विद्यालयमा स्थापना भएको रुद्र दीप अक्षयकोषबाट दुई जना छात्रछात्रा सम्मानित भएका छन । कोषले हरेक वर्ष प्रदान गर्दै आएको रुद्र दीप स्मृति पुरस्कारबाट शैक्षिक वर्ष २०८१ को अन्तिम परीक्षमा विद्यालयमै उत्कृष्ट नतिजा ल्याउन सफल कक्षा ८ की छात्रा निर्भिका तिमलसेना र कक्षा ७ का छात्र रोशन कुमार महतोले जनही नगद १० हजार ८०० रुपैयाँका दरले नगद पुरस्कार र प्रमाण पत्र प्राप्त गरेका विद्यालयले जनाएको हो ।

यसैबीच विद्यालयलाई आर्थिक सहयोग समेत प्राप्त भएको छ । सर्लाहीको बागमती नगरपालिका घर भई लामो समय देखी फिण्ल्याड बस्दै आएका एक समाजसेवी दाताले नगद ५० हजार १०८ रुपैयाँ सहयोग गरेका व्यवस्थापन समिति अध्यक्ष टङ्क बहादुर बोहोराले जानकारी दिए । त्यस मध्य २५ हजार विद्यालयको वृहत अक्षयकोषमा र २५ हजार १०८ रुपैयाँबाट एक कक्षा देखी ५ कक्षा सम्म अध्ययनरत विपन्न र जेहनदार छात्रछात्राबाट १० जनालाई विद्यालय पोसाक, जुत्ता, ब्याग र एक वर्षलाई पुग्ने स्टेसनरी सामाग्री वितरण गरिएको छ । 

शैक्षिक गुणस्तर सुधार सँगै यस विद्यालयमा पछिल्लो समय अभिभावक र विद्यार्थीहरूको समेत आकर्षण बढेको छ । नगर शिक्षा ऐन अनुसार नगरका जनप्रतिनिधि र शिक्षक तथा कर्मचारीका बालबालिका समेत सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीतिले विद्यालयको अवस्था सुधारमा ठुलो मद्दत पुगेको व्यवस्थापन समिति अध्यक्ष बोहोराको भनाई छ । विद्यालयलाई समाज सँग जोड्ने अभियानले आफूहरूलाई थप हौसला मिलेको उनले दावी गरे । 

यस विद्यालयमा अहिले ६ सयको हाराहारीमा विद्यार्थीहरू अध्ययनरत छन । अङ्ग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन गराउने गरिएको शिक्षक निर्मल तिमलसेनाले जानकारी दिए । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles