Friday, April 10, 2026

नेपाली कांग्रेस सर्लाही सभापति सिंहद्धारा पदबाट राजीनामा

ताजा / भरखरै प्राप्त

बागमती–नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले पदबाट राजीनामा दिएका छन् ।

उनले शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै राजीनामा बुझाएका हुन् । दुई कार्यकाल पार्टीको सर्लाही जिल्ला उपसभापति भइसकेका उनी २०७८ साल फागुन २९ गते जिल्ला सभापतिमा निर्वाचित भएका हुन । सिंह विरुद्ध मनुस्मारा सिंचाई आयोजनामा उपभोक्ता समितिको अध्यक्ष हुंदा भ्रष्टाचार गरेको मुद्धा परेको थियो ।

भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उनले पदबाट राजिनामा दिएका हुन । राजीनामा पत्रमा सिंहले लेखेका छन् सर्वोच्चको फैसलाबाट अन्याय भएको उल्लेख गरेका छन् । उन्ले भनेका छन,‘ म माथि परेको मुद्दामा सर्वोच्च अदालतले गरेको निर्णय स्वीकार गर्नु मेरो कर्तव्य हो । तर, उक्त फैसला अन्यायपूर्ण भएको मेरो ठहर छ । म न्यायिक र कानुनी लडाइँ जारी राख्नेछु, साथै राजनीतिक यात्रापनि निरन्तर रहनेछ । यद्यपि अदालतको फैसला, नेपालको कानुन र पार्टीको विधानअनुसार अब म सभापतिको जिम्मेवारीमा रहिरहन सक्दिन।’’

सभापति सिंह नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणा निकट मानिन्छन । सिंहले प्रशासनलाई मिलाएर सिसौका रुख काटेर भारत तस्करी गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेषमा मुद्दा दायर हुनुभन्दा पहिला उनी ६ महिना अख्तियारको हिरासतमा बसेका थिए । विशेष अदालतले समेत उनलाई साढे ३ वर्ष जेल र साढे ३ करोड जरिवाना तोकेको थियो । सर्वोच्चले विशेष अदालतकै फैसलालाई सदर गर्दै उनलाई चार महिना १५ दिन कैद र एक करोड २३ लाख रुपियाँ बिगो भराउने फैसला गरेको थियो । ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles