Friday, April 10, 2026

कुलोमा डुबेर बालकको मृत्यु

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित शंकरपुरमा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
शुक्रबार दिउसो बागमती नगरपालिका–१०, शंकरपुरमा कुलोमा नुहाउने क्रममा डुबेर सोही स्थानका दिनेश मल्लिका छोरा १४ वर्षका कृष्ण मल्लिकको मृत्यु भएको हो । घर नजिकै रहेको बागमती सिँचाइ आयोजना अन्तर्गतको कुलोमा बनेको खाडलमा डुबेको अवस्थामा बालकको शव फेला परेको प्रहरीले जनाएको हो ।
स्थानीयका अनुसार बालबालिकाहरू उक्त स्थानमा नियमित पौडी खेल्ने गरेका थिए । सोही क्रममा केही फराकिलो खाल्डो बनेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । पौडी खेल्ने क्रममा बालक नहरको डिलमा रहेको ढलानमा ठोक्किएको स्थानीयको आशङ्का छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको र शव परीक्षणको लागी प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइएको प्रहरीले जनाएको हो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles