Friday, April 10, 2026

मोबाइलको फोटो पच्छ्याउदा पेस्तोल बरामद

ताजा / भरखरै प्राप्त

मलङ्गवा–सर्लाही प्रहरीले मोबाइलको फोटो पच्छ्याएर एक जान पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत बुधबार मलङ्गवा नगरपालिका–८, गोरखकाली चेक पोष्टमा भारतीय नम्बर बिआर ३० ए १०७१ नम्बरको मोटरसाइकल रोकेर कागजात चेक जाँच गरिएको थियो । चेक जाँचको क्रममा चालक मलङ्गवा नगरपालिका–६, सुखैनिया बस्ने मोहन पासवानले चालक अनुमति पत्रको फोटो मोबाइल फोनबाट देखाए । 

सोही क्रममा प्रहरीले पासवानको छोराले पेस्तोल खेलाएको फोटो फेला पारेको थियो । सोधपुछका क्रममा उनले पेस्तोल सोही स्थानका २३ वर्षका राम हुलास पासवानको रहेको बताएका थिए । मोहनको बयानको आधारमा छापामार्न पुगेको प्रहरी टोलीले राम हुलासको घरको पूर्व पट्टि कपडाले बेरेर राखेको अवस्थामा एक थान पेस्तोल बरामद भएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । 

प्रहरीले हतियार सहित दुवै जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरूलाई हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा अदालतबाट ५ दिनको समय लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको हो । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles