सर्लाहीको कबिलासीमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ ।
आइतवार कविलासी नगरपालिका–५, घरदौली टोलका देवनारायण पासवानको २ वर्षीय छोरा सुरज पासवानको पोखरीमा ढुबेर ज्यान गएको हो । घरबाट खेल्न निस्किएका बालक साझ सम्म पनि घर नफर्केपछि परिवारले खोजी गरेका थिए । खोज्दा समेत फेला नपरे पछि प्रहरीलाई खबर गरेको पीडित परिवारको भनाई छ ।
राती प्रहरी समेतको सहयोगमा खोजी गर्दा बालक घर नजिकै रहेको बिन्देश्वर रायको पोखरीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । बालकको शव रातीने पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल पठाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

