Wednesday, February 18, 2026

सर्लाहीका साह स्रोत नखुलेको चौध लाख सहित पक्राउ

ताजा / भरखरै प्राप्त

मलङ्गवा-सर्लाहीको मलङ्गवाबाट सशस्त्र प्रहरीले एक युवकलाई श्रोत नखुलेको रकम सहीत पक्राउ गरेको छ ।

शुक्रबार नेपाल–भारत सिमा स्थित मलङ्गवा नगरपालिका–२, दशगजा क्षेत्रबाट प्रहरीले १४ लाख रकम सहित सोही स्थानका ३६ वर्षीय इन्द्रजित प्रसाद साहलाई पक्राउ गरेको हो । पक्राउ परेका साह भारत तर्फबाट बीआर ३० के ४००९ नम्वरको मोटरसाइकलमा उक्त पैसा बोकेर नेपाल तर्फ आउदै थिए ।

शंका लागेर साह सवार मोटरसाईकल रोकेर चेकजाँच गर्दा उनको साथबाट उक्त परिणाममा नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्दले जानकारी दिए । बरामद रकम कस्को र कहाँबाट आएको भन्ने नखुले पनि हुण्डी कारोवारमा प्रयोग भएको हुन सक्ने प्रहरीको आशङ्का छ ।

यसरी सर्लाही सहित अन्य जिल्लाका नेपाल–भारत सिमावर्ती क्षेत्रबाट पटक पटक स्रोत नखुलेको रकम बरामद हुदै आएको छ । रकम ओसारपसारमा संलग्न पक्राउ पर्ने गरेको भएपनि मुख्य व्यक्तिको पहिचा हुने गरेको छैन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles