Wednesday, February 18, 2026

मानवसेवा आश्रम सर्लाहीको अभिभावक संयोजकमा पोखरेल चयन

ताजा / भरखरै प्राप्त

राजु लो तामाङ, हरिवन– मानवसेवा आश्रम सर्लाही शाखाको अभिभावक संयोजकमा सिताराम पोखरेल चयन भएका छन् । 

सोमबार जिल्ला स्थित शाखामा बसेको अभिभावकहरूको भेलाले समाजसेवी पोखरेललाई सर्वसम्मत अभिभावक संयोजक चयन गरेको हो । हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीको अध्यक्षता तथा मानवसेवा आश्रमका संस्थापक प्रमुख एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीको प्रमुख आतिथ्यमामा विशेष भेला बसेको आश्रमले जनाएको हो । 

यस्तै भेलाले अभिभावक शारदा थापा र विप्लव कार्कीलाई सहसंयोजक चयन गरेको छ । १५ सदस्यीय अभिभावक परिवारमा मानवसेवा आश्रम निवर्तमान जिल्ला संयोजक सदस्य सचिव रहने प्रावधान अनुसार पूर्व जिल्ला संयोजक प्रार्थना सदस्य सचिवमा चयन भएकी छिन् । हरेक सदस्य एक विषयगत समितिको संयोजक हुने प्रावधान बमोजिम १२ विषयगत समिति संयोजक समेत चयन भएका छन् । 

विषयगत समितिमा अक्षयकोष प्रवर्द्धन समिति संयोजक डाकुरनाथ खतिवडा, भोजन सेवा प्रवर्द्धन समिति संयोजक लक्ष्मी नेपाल, जिन्सी सामाग्री सहयोग प्रवर्द्धन समिति संयोजक विष्णु महत, मासिक योगदान प्रवर्द्धन समिति संयोजक सरोज अधिकारी, जनसम्पर्क प्रवर्द्धन समिति संयोजक हरि पुडासैनी, तालिम तथा कार्यक्रम समिति संयोजक माधव थापा, खरिद समन्वय समिति संयोजक कर्ण बहादुर खड्का चयन भएका हुन् । 

यस्तै स्थानीय तह समन्वय समिति संयोजक दुर्गा नारायण श्रेष्ठ, औषधी उपचार प्रवर्द्धन समिति संयोजक सौर्य प्रताप सिंह, उद्धार तथा पारिवारीक पुनर्मिलन समिति संयोजक सुनीता राई, अभिभावक परिवार सदस्यमा शुकदेव कार्की चयन भए । 

कार्यक्रममा बोल्नुहुँदै आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले मानवसेवा आश्रम सर्लाही शाखाको स्थापनाकै समयदेखि आश्रमलाई तन, मन र धनको त्रिवेणीबाट योगदान गर्नुहुने सम्पूर्ण अभिभावक परिवार सदस्यहरूलाई धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले नवगठित अभिभावक परिवारलाई शुभकामना समेत व्यक्त गर्नु भएको कार्यक्रम सञ्चालक विवेक महतोले जानकारी दिए । 

यस्तै भेलाले  हरिवन–१ का वडा अध्यक्ष टम बहादूर घिसिङ, ९ का वडाध्यक्ष कोकिला नन्द उप्रेती, भरत कार्की, चुडामणी वाग्ले, तारा पोखरेललाई मानवसेवा आश्रम सर्लाही शाखाको सल्लाहकार समितिमा मनोनित गरेको छ । 

भेलाले हरिवन नगरपालिकाका नगर प्रमुख मेयर बुढाथोकी, उपमेयर हरि माया घलान, पूर्व रक्षा मन्त्री तथा सांसद हरि प्रसाद उप्रेती, प्रदेश सभा सदस्य जवाहर कुशवाहा, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान जिल्ला प्रमुख समेतलाई आश्रम सर्लाही शाखाको संरक्षकमा मनोनित गरेको छ । 

देशभर सातै प्रदेशको विभिन्न २४ जिल्लामा २४ ओटा सेवा केन्द्रहरू मार्फत मानव सेवा आश्रमले ७७ ओटै जिल्लाका सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार गर्दै आइरहेको छ । हाल आश्रमको विभिन्न सेवा केन्द्रहरुमा १७ सय ३० जना सहयोगापेक्षी सडक आश्रित मानवहरु आश्रित छन् । 

भेलामा मानवसेवा आश्रमका केन्द्रीय उपाध्यक्ष उमा भांडरी, केन्द्रिय सदस्य मधेश प्रदेश प्रमुख सुमन बर्तौला, केन्द्रीय सह–कोषाअध्यक्ष सुमरा लामा लगाएतको आतिथ्यता रहेको थियो । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles