Wednesday, May 13, 2026

मलङ्गवामा चार तल्लाबाट खसेर दुई जनाको मृत्यु

ताजा / भरखरै प्राप्त

मलङ्गवा-सर्लाहीको मलङ्गवामा घरको चार तल्ला माथिबाट छत सहित खसेर दुई मिस्त्रीको मृत्यु भएको छ ।

बुधबार साझ मलङ्गवा नगरपालिका–१०, मा रहेको रञ्जित यादवको चार तल्ला माथि पक्की घरको छत प्लाष्टर गर्ने क्रममा दुई जना मिस्त्री घरको छत सहित खसेका थिए । पक्की घरको छत सहित चार तल्ला माथिबाट खसेका मलङ्गवा नगरपालिका–२, बस्ने अन्दाजी ५० वर्षका छटु साह र हरिपुर्वा नगरपालिका–२, बस्ने अन्दाजी ४० वर्षका राज किशोर यादवको मृत्यु भएको हो ।

पानी ट्याङ्की राख्ने छत प्लाष्टर गर्ने क्रममा उनीहरु घर माथिबाट प्लाष्टर गर्दै गरेको छत सहित खसेर गम्भिर घाइते भएका थिए । दुवै जनालाई उपचारको लागि तत्काल प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

दुवै जनाले उक्त निर्मणाधिन घरमा राज मिस्त्रीको रुपमा मजदुरी गर्ने गरेका थिए । मृतको शव परीक्षणको लागि सोही अस्पतालमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles