Wednesday, May 13, 2026

मोटरसाइकल दुर्घटनामा एक भारतीयको ज्यान गयो, अर्का एक घाइते

ताजा / भरखरै प्राप्त

रामनगर–तीब्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीको रामनगरमा एक भारतीय युवकको ज्यान गएको छ । भने, अर्का एक घाइते भएका छन् ।

मङ्गलबार राती रामनगर गाउँपालिका–५, बैजनाथ चोकमा तीब्र गतिमा रहेको ज ७ प २६१३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा मोटरसाइकल चालक भारतको सीतामढी ग्रामपञ्चायत ढेग बस्ने वर्ष ३५ का गौरव पटेलको ज्यान गएको प्रहरीले जनाएको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका पटेललाई प्रादेशिक अस्पताल मलङ्गवा पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । मृतक पटेलको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवामै राखिएको छ ।

यस्तै सोही दुर्घटनामा मोटरसाइकलको पछाडी सवार अन्दाजी २३ वर्षका उज्जल पटेल गम्भिर घाइते भएका छन् । उनको भारतको सीतामढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बरहथवाबाट मधुवनी तर्फ जाँदै गरेको उनीहरु सवार मोटरसाइकल आफै अनियन्त्रित भइ नयारोड–मधुवनी सडक खण्ड अन्तरगत बैजनाथ चोकमा दुर्घटनामा परेको थियो ।

प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles