Sunday, April 12, 2026

वृहत खानेपानी ढुंग्रेखोलाको साधारण सभा सम्पन्न

ताजा / भरखरै प्राप्त

बागमती, सर्लाहीको बागमती नगरपालिकामा रहेको बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले नवौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

शनिबार बागमती नगरपालिका–१, पानीट्यांकी स्थित कार्यालय प्राङ्गणमा सभा आयोजना गरिएको हो । सभामा संस्थाले गत आर्थिक वर्षमा सम्पन्न गरेको कार्ययोजना र आयव्यय पेस गरिएको थियो । भने, आगामी कार्यकालमा सम्पन्न गरिने कार्ययोजना समेत सार्वजनिक गरियो । सभाको कार्यक्रमका प्रमुख अतिथि बागमती नगरपालिकाका कार्यवाहक नगर प्रमुख कृष्ण कुमार लामा लगायतले गमलामा पानी हालेर उद्घाटन गर्नु भयो । 

साधारण सभाबाट संस्थाको आर्थिक वर्ष २०८१÷८२ को आर्थिक प्रतिवेदन सहितका हरहिसाब र संचालक समितिका निर्णयहरू पारित गरिएको समितिका अध्यक्ष बसन्त भट्टराईले बताए । २०५६ सालमा स्थापना भएको यस खानेपानी आयोजनाले अहिले बागमती नगरपालिकाका विभिन्न वडामा २२ सय ६८ घरधुरीमा खानेपानी खुवाउँदै आएको अध्यक्ष भट्टराईको भनाई छ । 

संस्थाले स्थानीय नागरिकलाई स्वच्छ खानेपानी खुवाउन नियमित पानी परिक्षण, प्रसोधन सँगै, नियमित पानी वितरणका लागि चुस्तदुरुस्त व्यवस्था गर्दै आएको जनाएको छ । बागमतीमा खानेपानीको अभाव टार्दै संस्था मुनाफामा संचालन गरी स्थानीयलाई स्वच्छ खानेपानी खुवाइरहेको अध्यक्ष भट्टराईले दावी गरे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles