Sunday, April 12, 2026

सर्लाहीले उचाल्यो तेस्रो जीतपुरसिमरा क्रिकेट कपको उपाधि

ताजा / भरखरै प्राप्त

सिमरा ः सर्लाही जिल्ला क्रिकेट संघले तेस्रो जीतपुर सिमरा क्रिकेट कप प्रतियोगिताको उपाधि उचालेको छ ।

शनिबार जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहस्थित सेज क्रिकेट मैदानमा सम्पन्न खेलमा एक रनको रोमाञ्चक जित हात पार्दै सर्लाही क्रिकेट संघले उपाधि चुमेको ओ । फाइनल खेलमा सर्लाही क्रिकेट संघले भरतपुर क्रिकेट एकेडेमी चितवनलाई एक रनले हराएको हो ।

सर्लाहीले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५९ रन मात्रै बनाउन सक्यो । जितका लागि अन्तिम ६ बलमा १२ रन आवश्यक थियो । तर, चितवनले १० रन मात्रै जोड्न सक्यो ।
चितवनका प्रतिक श्रेष्ठले ४७ रन जोडेपनि टीमलाई जित दिलाउनु भने सकेनन् ।

प्रतिकले ३७ बलमा चार छक्का र एक चौका प्रहार गर्दै जित नजिक पुर्याएका थिए । रोहन झाले २३ बलमा चार छक्का र तीन चौका प्रहार गर्दै ४३ रन जोडे । रिजन काफ्लेले ३१ र आर्या महतोले १६ रन बनाए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles