Thursday, April 9, 2026

जेन्जी आन्दोलनको क्रममा फरार अभियुक्त पक्राउ

ताजा / भरखरै प्राप्त

मलङ्गवा–सर्लाही प्रहरीले जेन्जी आन्दोलनको क्रममा जिल्ला अदालत सिन्धुलीबाट फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ । 

बुधबार मलङ्गवा नगरपालिका–१२, निवासी जगदिश बडहिका छोरा २५ वर्षका करियाकवा भनिने सुनिल बडहिलाई प्रहरीले पक्राउ गरेको हो । भदौ २३ र २४ गते भएका आन्दोलनका क्रममा सिन्धुली कारागारको पर्खाल फोडेर बडहि फरार भएका थिए । मलङ्गवा आसपासमा लुकिछिपी बस्दै आएका उनलाई प्रहरी टोलीले मलङ्गवा नगरपालिका–९, गोरखकाली नजिकैबाट पक्राउ गरेको हो ।

बडहिले २०७८ चैत्र २० गते सोही स्थानका दिपेन्द्र बडहिको छोरा ८ वर्षका मिठु भन्ने आकाश कुमार ठाकुरलाई अपहरण गरी बन्धक बनाएका थिए । पीडित परिवार सँग फेसबुक मार्फत १५ लाख फिरौती लिएपछि गम्छाले बालकको घाटीमा कसेर हत्या गरी प्लाष्टिकमा पोको पारेर शौचालयको सेफ्टी ट्याङ्की भित्र फालेको फेला परेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles