Wednesday, April 1, 2026

सरकारले सर्लाहीका ४ पालिकामा उपसचिव खटायो

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीका चार पालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ प्रमुख प्रशासकिय अधिकृत खटाएको छ ।

मन्त्रालयले जिल्लाको बागमती, हरिपुर, गोडैता र कविलासी नगरपालिकामा उपसचिव स्तरको अधिकृत खटाएको हो । लामो समय देखी प्रमुख प्रसाशकिय अधिकृत विहिन हुँदा यि पालिका निमित्त प्रशासकिय अधिकृतको भरमा थिए ।
मन्त्रालयले सोमबार गरेको निर्णय अनुसार यहाँका चार वटै पालिकामा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट उपसचिवहरु सरुवा भएर आउन लागेका हुन । मन्त्रालयले बागमती नगरपालिकामा राम प्रसाद शर्मा, हरिपुर नगरपालिकामा जय राम नेपाल, कविलासी नगरपालिकामा मनहरी बराल र गोडैता नगरपालिकामा हेम बहादुर कार्कीलाई जिम्मेवारी तोकेर पठाएको छ ।

पालिकाहरुमा प्रमुख प्रशासकिय अधिकृतहरु नहुदा कामकारवाही प्रभावित हुने गरेको भन्दै जनप्रतिनिधिहरु समेत रुष्ट हुने गरेका थिए । मन्त्रालयले सर्लाही सँगै अन्य स्थानीयतहमा उपसचिव वा सो सरहका ६३ जना कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles