Sunday, March 29, 2026

गङ्गा पिपरा स्थित बागमती खोला माथिको पुल वर्षौ देखी अलपत्र 

ताजा / भरखरै प्राप्त

बागमती– सर्लाही र रौतहट जोडने गङ्गा पिपरा स्थित बागमती खोला माथि निर्माणाधीन पक्की पुल लामो समय देखी अलपत्र परेको छ ।
यस क्षेत्रबाट उम्मेदवार बनेका विभिन्न समयका नेताको चुनावी एजेण्डा बनेको यस पुलले पूर्णता भने कहिले पाउने भन्ने टुङ्गो छैन् । पुल अलपत्र पर्दा यहाँका नागरिकले वर्षाको समयमा समेत नदीमा हेलिएर वारपार गर्नुपर्ने बाध्यता छ । यस पुलले सर्लाही क्षत्र नम्बर–४ र रौतहट क्षेत्र नम्बर–१ लाई जोड्छ ।
भदौ २३ र २४ गतेको आन्दोलन पछि बनेको अन्तिरम सरकारका भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले अनुगमन पछि ठेकेदार कम्पनलाई काम छिटै सम्पन्न गर्न निर्देशन दिएका थिए । त्यस पश्चात अघि बढेको निर्माणकार्य अहिले फेरी अलपत्र परेको हो । रामनगर गाउँपालिका–२ का स्थानीय राम जतन रायका अनुसार सर्लाही–४ बाट नवनिर्वाचित सांसद डा.अमरेश कुमार सिंहले चुनाव जित्ने बितीकै पुलको काम द्रुत गतिमा अगाडि बढ्ने आश्वासन घरदैलोको क्रममा दिएका थिए ।
नेपाली काङ्ग्रेसका सभापति गगन थापाले पनि आफू चुनाव जिते पनि हारेपनि पुल निर्माण गराउने बताएका थिए । उता रौतहट क्षेत्र न.–१ का उम्मेदवार राजेश चौधरी, अजय गुप्ता र अनिल कुमार झाले पनि यो पुललाई चुनावी एजेन्डाका रुपमा प्रस्तुत गरेका थिए । यो पुल ८६ करोड ३७ लाख ९ हजारमा टुण्डी–रसुवा–पप्पु जेभी कम्पनीले २०७३ आषाढ २८ गते ठेक्का सकारेका थिए । पटक पटक अलपत्र परेको यस पुल २०८३ कात्तिक १३ गते सम्म निर्माण सम्पन्न गर्ने गरि म्याद थप गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles