Sunday, March 29, 2026

१७ औँ लेट टिका मेमोरियल फुटबल प्रतियोगिताको उद्‌घाटन खेलमा पिस जोन र दिव्य ज्योतिको विजयी सुरुवात

ताजा / भरखरै प्राप्त

हरिवन–सर्लाहीको हरिवनमा १७ औँ लेट टिका मेमोरियल फुटबल प्रतियोगिता सुरु भएको छ । 

मङ्गलबार हरिवन नगरपालिका–११, स्थित आयोजक सनराईज इङ्ग्लिस बोडिङ स्कुलको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्‌घाटन खेलमा आयोजक सनराईज (बी) लाई पराजित गर्दै पिस जोन इङ्ग्लिस बोडिङ स्कुल लालबन्दी र दोस्रो खेलमा शिशु प्रज्ञा सदन हरिवनलाई पराजित गर्दै दिव्य ज्योति लालबन्दी विजयी भएको छ । 

जिल्लाका १७ वटा विद्यालय सहभागि यस प्रतियोगिताको फाइनल खेल यही फागुन १७ गते हुने छ । प्रतियोगिताको उद्‌घाटन समारोह हरिवन नगरपालिकाका मेयर रमेश बुडाथोकी(कमल) को प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख हरिमाया घलानको विशिष्ट आतिथ्यमा सम्पन्न भएको विद्यालयका फाउण्डर प्रवेश पोख्रेलले जानकारी दिए । 

प्रतियोगिताको विजेता टिमले लेट टिका मेमोरियल रनिङ शिल्ड र मेडल प्राप्त गर्ने छन् । भने, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट गोल रक्षक लगायत विधामा समेत  पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । यस विद्यालयका संस्थापक ज्ञान प्रसाद पोखरेलको पिता स्वर्गीय टिका प्रसाद पोखरेलको स्मृतिमा हरेक वर्ष विद्यालयले प्रतियोगिता आयोजना गर्दै आएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles