Tuesday, February 17, 2026

सयपत्री सामुदायिक युवा केन्द्र दोस्रो जिरायत कपको फाइनलमा

ताजा / भरखरै प्राप्त

राजु लो तामाङ माघ १७ गते, शनिबार सर्लाहीको बागमतीमा जारी दोस्रो जिरायत कपमा सयपत्री सामुदायिक युवा केन्द्र फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो सेमिफाइनलमा २-१ ले आइडल को.एड.लाई पाखा लगाउँदै सयपत्रीले फाइनल यात्रा तय गरेको हो । सयपत्रीको जितमा खेलको २९ औं मिनेटमा लक्की मगरले गोल गर्देेै अग्रता दिलाए । ४५ औं मिनेटमा रामकृष्ण राउतले थप गोल गर्दै अग्रतालाई दोब्बर बनाए त्यसको लगत्तै आइडलको लागि अर्जुन दनुवारले गोल फर्काउँदै खेलमा फर्किने संकेत गरे ।

केही आक्रमक खेल प्रस्तुत गरे पनि आइडल खेलमा फर्किन सकेन खेलको म्यान अफ द म्याच सयपत्रीका रामकृष्ण राउत चुने उनले नगद पुरस्कार र शिल्ड मेडल प्राप्त गरे । आइतबार दोस्रो सेमिफाइनलमा टुटेश्वर युवा क्लबसँग पञ्चधुरा सामुदायिक सेवा केन्द्र फाइनलको लागि प्रतिस्पर्धा गर्नेछन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles