Tuesday, February 17, 2026

बागमती नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड जन जागरण माविलाई

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमतीमा सम्पन्न नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जन जागरण माध्यामिक विद्यालय सोल्टीले जितेको छ ।

बिहीबार सम्पन्न प्रतियोगितामा १३ स्वर्ण, ६ रजत र ३ काश्य पदक सहित बागमती नगरपालिका–८, सोल्टीमा रहेको जन जागरण माविले उपाधि उचालेको हो । मङ्गलबारबाट बागमती नगरपालिका–११, स्थित बागमती युवा क्लबको खेल मैदान स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।

प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र ७ कांस्य पदक सहित जनता माध्यामिक विद्यालय राजघाट द्वितीय भएको छ । भने, तीन स्वर्ण, ६ रजत र ४ कांस्य सहित जनता माध्यामिक विद्यालय बागमती नगरपालिका–१, मिलनचोक तृतीय भएको हो । नगरपालिका भित्रका ७ सामुदायिक र एक संस्थागत सहित ८ माध्यामिक विद्यालय सहभागि प्रतियोगितामा १५ विधामा छात्र र छात्राको छुट्टा छुट्टै प्रतिस्पर्धा भएको थियो ।

राष्ट्रपति रनिङ शिल्ड अन्तरगत भलिबल, दौड, हाइजम्प, लङजम्प, ज्यावलिङ थ्रो, सटपुट, लगायतका प्रतिस्पर्धा गराएको नगर शिक्षा शाखा प्रमुख मीन प्रसाद उपाध्यायले जानकारी दिनुभयो । जन जागरण मावि सोल्टीले लगातार तीन वर्ष नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड जितेको पालिकाका खेलकुद विकास प्रतिष्ठानका संयोजक राजकुमार विश्वकर्माले जानकारी दिनुभयो ।

राष्ट्रपति रनिङ शिल्डको अवसरमा बागमती नगर भित्रका प्राथमिक विद्यालय तर्फका छात्रछात्राहरुले समेत प्रतिस्पर्धा गरेका हुन । प्राथमिक विद्यालय तर्फ जन जागृती आधारभुत विद्यालय बथनिया ६ स्वर्ण, ४ कांस्य सहित प्रथम, शंकरपुर प्राथमिक विद्यालय सन्तोषपुर ३ स्वर्ण, ७ रजत, १ कांस्य सहित द्वितीय र जनज्योति मावि जियाजोर २ स्वर्ण, २ रजत र २ कांस्य सहित तृतीय भएका छन् ।

प्रतिस्पर्धामा उत्कृष्ट विद्यालय तथा विद्यार्थीहरूलाई एक कार्यक्रमका बिच आज शिल्ड, ट्रफी तथा मेडल वितरण गरिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles